तानसेन। नवरात्र सकिएपछि मनाइने बडादशैं भोलि परेको छ । नेपालीहरुको महान् पर्व मानिने दशैंमा टीका मान्यजनबाट टीका र आर्शिवाद लिने प्रचलन छ । असत्यमाथि सत्यको विजयी भएको खुसीयालीमा यो पर्व मनाइन्छ।
यो पर्वमा टीका लगाउन शुभ साइत हेर्ने प्रचलन छ। यसैबीच यो वर्षको दशैंको टीकाको साइत बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको छ। पञ्चाङ्ग निर्णायक समितिले सो समय टीकाका लागि उत्तम साइत रहेको जनाएको छ ।
सो समयमा टीकोको उत्तम साइत भनिएपनि दिनभर नै टीका लगाउन सकिने पनि समितिले जनाएको छ ।



