
तानसेन। पाल्पाका गाउँहरुमा सामुहिक रुपमा टीका लगाइएको छ। पाल्पाका विभिन्न गाउँका दर्गा मन्दिर र देवीका मन्दिरहरुमा दुर्गा विर्सजन पश्चात सामूहिक रुपमा टीका लगाइएको हो ।
असत्यमाथि सत्यको विजयी भएको खसीमा मनाइने महान पर्व बडादशैंको अवसरमा शक्तीपीठमै टीका लगाउँदा सामाजिक भातृत्वसंगै परम्परागत रुपमा मनाइने पर्वको रौनक आउने पाका पुस्ताले जनाएका छन् ।
घर-घरमा टीका जमरा लगाएर आर्शिवाद् लिने प्रचलनमा मन्दिर स्थापना गरेदेखि सामुहिक रुपमा टीका जमरा लगाएर पर्व मनाउन लागेको बगनासकाली ४ का कुलप्रसाद अर्यालले बताए।
देवीको मन्दिरमा गाउँभरीका मानिसहरु जम्मा भएर टीका लगाउदा देवीको शक्ती प्राप्त हुने र धार्मिक विश्वास रहेको छ । मन्दिरमा युवादेखि वृद्धसम्मका सबैको उपस्थितीमा टीका जमारा लगाइएको हो ।
विगतमा घर घरमा मात्रै टीका लगाउने प्रचलन रहेकोमा दुर्गा मन्दिरको स्थापना गरेर मन्दिरमै टीका जमरा र सामुहि रुपमा दशैं मनाउने प्रचलनको विकास भएको छ।
पाल्पाको केही गाउँहमा मात्रै यसरी सामुहि रुपमा टीका लगाइएको पाइएको छ । पूजा गरेकौ स्थानमा टीका जमारा लगाएर सामुहिक रुपमा पर्व मनाउँदा समयमै टीका लगाउन पाइने र गाउँभरी टीका र आर्शिवाद थाप्नका लागि जानु नपर्ने सहजतासंगै धेरै जनाको हातबाट छोटो समयमा टीका लगाउन पाइने हुँदा पर्व मनाउँदा थप रौनक आउने स्थानीयले बताएका छन् ।