नेपाली चलचित्र ‘परदेशी २’ शुक्रवारबाट देशभरका हलसंगै पाल्पाको सन्तोष चलचित्र मन्दिरमा समेत प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ ।

वडादशैंको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्रले पाल्पाली दर्शकको पनि माया पाउँदै प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको हो ।

तेस्रो सातामा प्रदर्शन भइरहँदा तानसेनको हलमा दर्शकको बाक्लो उपस्थिति अझै कायमै देखिएको छ । चलचित्र हेर्न हरेक उमेर समूहका दर्शकहरु हल पुगेका छन् ।

टाढाटाढाका गाउँगाउँबाट समेत दर्शकहरु तानसेन आएर ‘परदेशी २’ हेरिरहेका छन् । त्यसमध्ये बृद्धबृद्धा दर्शकहरु समेत थुप्रै भेटिन्छन् ।

‘परदेशी २’लाई दर्शकले दिएको मायाकै कारण यो फिल्म रिलिजपछिको फिल्म ‘पशुपति प्रसाद २ः भस्मेडन’ तानसेनको हलमा लागेको छैन ।

‘परदेशी २’ पाल्पाली स्रष्टा अग्रज लोक गायक, संगीतकार एवं चलचित्र निर्देशक नारायण रायमाझीद्धारा निर्देशित चलचित्र हो ।

देश तथा विदेशका विभिन्न ठाउँसंगै पाल्पामा समेत खिचिएको चलचित्रमा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी लगायतको अभिनय छ ।

तपाईको प्रतिक्रिया