तानसेन। पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका – ५ का ४१ वर्षीय मोहनीलाल थापा रहेको प्रहरीले जनाएको छ ।
शनीबार दिउँसो सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अन्तरगत माथागढी गाउँपालिका वडा नं. –१ बिरौटास्थित स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु १४ प ८८७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार थापा घाइते भएका थिए ।
घटना पश्चात प्रहरी चौकी आर्यभञ्ज्याङबाट खटेको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि पालपा अस्पताल पाल्पा पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।
मोटरसाइकल अचानक सडकबाट १० मिटर तल खसेको तथा घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



