आजको मौसम, सामान्य बदलीदेखि हिमपातसम्म

पाल्पा।  हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग हाल कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे  छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको