पाल्पा। शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो।
जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको बताइएको छ।
भूकम्पको धक्का भने पश्चिम नेपालका विभिन्न जिल्लासहित काठमाडौँ उपत्यकामा साथै महसुश भएको थियो ।
भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि पूर्ण विवरण प्राप्त हुन बाकी छ।



