तानसेन। पाल्पामा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा पर्ने रम्भा गाउँपालिका ३, सेरामा ग १ ज १९७० नम्बरको ट्याक्सी ग १ त ५२५० नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटना परी तीन जना गम्भीरसहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते हुनेमा पोखरा उपमहानगरपालिका १५ का ३८ वर्षीय सुरेश गुरूङ्, सोही स्थानका ७४ वर्षीय धनबहादुर गुरूङ्, सोही स्थानकै ७० वर्षीया गंगा गुरूङ्, ४० वर्षीय विनोद गुरूङ् र बुटवल उपमहानगरपालिका १० बस्ने ७२ वर्षीय भीमबहादुर गुरूङ् रहेको प्रहरीले जनाएको छ । घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान ९ बजेतिर सिद्धार्थ बुटवलबाट पोखरातर्फ जाँदै गरेको ट्याक्सी अनियन्त्रित ट्याक्टरमा ठोक्किएको थियो । पाल्पाका प्रहरी प्रवक्ता सुगन्ध सुगन्ध श्रेष्ठका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।



