तिनाउ नदी र भूतखोलामा डुबेर दुई जनाको मृत्यु

तानसेन। पाल्पामा एकै दिन दुई जनाको डुबेर मृत्यु भएको छ भने, एक जना गम्भीर घाइते भएका छन् । मंगलबार दिउँसो एक जना युवकको भुतखोतामा डुबेर मृत्यु भएको हो भने एक जना युवतीको तिनाउ नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारत उत्तरप्रदेश मगहरकाजिपुर घर भई नेपाल घुम्न आएकी शाहिस्ता प्रविन रहेको पाल्पाका प्रहरी प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए।

प्रविन भारतबाट शैक्षिक भ्रमणका क्रममा पाल्पा आएको र तिनाउ गाउँपालिका –३, स्थित ड्यामनजिकै साथीहरूसँगै फोटो खिच्ने क्रममा तिनाउ नदीमा लडेपछि डुबेर युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै तिनाउ गाउँपालिका –३, स्थित भुतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ का २२ वर्षीय विमल आचार्यको मृत्यु भएको प्रहीले जनाएको छ । सोही स्थानका २६ वर्षीया युना दाहाल गम्भीर घाइते पनि पाल्पा प्रहरीले जनाएको छ ।

रुपन्देहीबाट पाल्पातर्फ घुम्न आएका दुवैजना भुतखोलामा डुबेको अवस्थामा देखेपछि स्थानीयले उद्दार गरी रुपन्देहीको बुटवल अस्पताल प्रालिमा पठाइएको थियो ।

अस्पताल पु¥याएपछि आचार्यलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुवै घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको