सिद्धबाबा सुरुङ् मार्ग निर्माण तीन महिनापछि पुनः सुरु

तानसेन। तीन महिनादेखि निर्माण अवरुद्ध भएको सिद्धबाबा सुरुङ् मार्ग निर्माणको काम पुनः सुरु भएको छ । वर्षासंगै सुरुङ् मार्गको दुईतफीको रिबमाथि पहिरो खसेपछि अवरुद्ध भएकोमा अहिले निर्माण कार्य सुरु भएको हो ।

वर्षा सकिएपछि क्षति पु¥याएको स्थानबाट पुनः काम सुरु गरिएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले जनाएको छ । दसैँलगतै सिद्धबाबा सुरुङ् मार्ग निर्माणको कामले गति लिएको सिद्धबावा सुरुङ् मार्ग योजनाको कार्यालय बुटवलले जनाएको छ ।

वर्षातका कारण रोकिएको काम दसैँपछि सुरु भएको योजना प्रमुख रामपुकार जैसवालले जानकारी दिए । वर्षात्अघि नै टनेलभित्र छिरेर काम गर्ने योजना भएपनि वर्षासंगै पटक पटक पहिरो खसेपछि निर्माण कार्य अवरुद्ध भएको थियो ।

निर्माण कम्पनीले अहिले सुरुङ् मार्गको बाहिरपट्टि सरसफाई गरी रिब निर्माण गरेको जनाएको छ । निर्माण पक्षले यसअद्धि नै आवश्यक अन्य पूर्वाधार डाइभर्सन, विद्युत् व्यवस्थापन, माटो परीक्षण, साइट अफिस स्थापनालगायतका काम गरिसकेको छ ।

सुरुङ् मार्गको काम २०७९ असोज महिनादेखि नै सुरु गर्ने भनिएपनि डिजाइनको स्वीकृत नहुँदा २०७९ चैतदेखि निर्माणको काम सुरु भएको थियो । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको थियो ।

सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया