चिच्याएर वर माग्ने मेला आजबाट सुरु

तानसेन। पाल्पाको सत्वती तालमा चिच्याएर वर माग्ने मेला आजदेखि सुरु भएको छ । तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको ताल परिक्रमा गरी सत्यवती मन्दिरमा बज्यैसंग चिच्याएर वर माग्ने मेला आजदेखि सुरु भएको हो । कार्तिक शुक्ल पूर्णिमा अर्थात आउँदो ११ गतेसम्म चल्ने मेलाको पहिलो दिन आज विाहैदेखि भक्तजनको उपस्थिती रहेको थियो ।

मेलामा हरेक भक्तजनले रातको समयमा बाँस, निगालो, सालआदि जातका लिंगो लिएर तालमा गाँड्ने र आफूले गाँडेको लिंगो भोलिपल्ट चिनेर पूँजा गरेपछि वर मागेर फर्कने परम्परा छ । सत्यवती बज्यैले कानले नसुन्ने हुँदा मध्यरातमा पूजा गर्दा चिच्याएर वर मागे मनोकामना पूरा हुने विश्वास छ ।

विगतमा चर्तुदर्शीका राती जागराम बसी पूर्णिमाको दिन पूजा गरेर सकिने मेलामा पछिल्ला वर्षहरुमा भक्तजनको चाप बढेपछि मेला अवधि बढाइएको सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए।

नेपालमै फरक पहिचानले परिचित यो मन्दिरमा सत्यवती बज्यैसंग वर मागेर मनोकाक्षा पूरा हुने भएपछि मेला भर्नका लागि विभिन्न जिल्लाहरु तथा भारतबाट समेत बाक्लो रुपमा भक्तजनको आगमन हुने गरेको छ ।

गत वर्ष डेढ लाख भ्कतजनले मन्दिरको दर्शन गरेकोमा यो वर्ष दुई लाखबढी भक्तजन मन्दिरमा पुग्ने अपेक्षा मन्दिर व्यवस्थापन समितिले गरेको छ । समितिले मेला व्यवस्थापन गर्नका लागि विभिन्न समितिमार्फत समन्वय गर्दै आएको जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको