
तानसेन ।पाल्पामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल खण्डको तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा नजिकै अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
मङ्गलबार बिहान राजमार्ग छेउको नालीमा घोप्टो अवस्थामा पुरुष मृत फेला परेको पुरुषको हालसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएर थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।