
तानसेन। पाल्पामा आफैंले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका-४, मित्याल गाँङ्सिङ्डाँडाका ४८ वर्षीय डम्बरबहादुर सारु रहेको प्रहरीले जनाएको छ।
घर नजिकैको बारीमा फापर खान आएको जङ्गली जनावर दुम्सीलाई मार्ने क्रममा लड्दा अचानक भरुवा बन्दुक पड्किएपछि बन्दुकको छर्राले लागेर सारु गम्भीर घाइते भएका सारुको रामपुरस्थित रामपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।