लघुवामा टिपर दुर्घटना, एकको मृत्यु, दुई जना गम्भीर घाइते

तानसेन। पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका-३ का ३० वर्षको विष्णु ढकाल रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

सूचना अधिकारी श्रेष्ठका अनुसार दुर्घटनामा दाङको घोराही उप-महनगरपालिका-१२ बस्ने ३२ वर्षको यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका-५ बस्ने हिमाल घर्ती गम्भीर घाइते भएका छ्न। घाइतेको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
तानसेन रिडी तम्घास सडक खण्ड अन्तरगत रिब्दीकोट गाउँपालिका -२ लघुवामा कुडहर भन्ने स्थानमा रा १ ख २४०४ नम्बरको टिपर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार टिपरमा चालकसहित चार जना सवार रहेकोमा चालक बाहेक तीन जना गम्भीर घाइते भएका थिए ।
टिपर  सडकबाट करिब १५० मिटर तल खसेको छ । टिपरका चालक भने सकुशल रहेको हुँदा प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer