तानसेनमा भोलीदेखि मेयर कप क्रिकेट हुँदै

तानसेन। तानसेनमा नगरस्तरीय प्रथम मेयर कप रनिङ सिल्ड टि २० क्रिक्रेट प्रतियोगिता हुने भएको छ । तानसेन नगरपालिका र खेलकुद विकास समिति पाल्पाको आयोजना तथा क्रिक्रेट संघ पाल्पाको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।

पुस ७ गते शनिबारदेखि प्रतियोगिता सुरु हुनेछ । नगर खेलकुद विकास समिति संयोजक हेमन्तराज शाक्यका अनुसार नगरभित्रका १४ टीमले खेलमा सहभागी हुनेछन् ।

प्रतियोगितामा विजेता हुने टोलीले ६० हजार, पदक तथा प्रमाणपत्र पाउने संयोजक शाक्यले बताए। त्यस्तै, उपविजेताले ३० हजार, म्यान अफ दि सिरिजले उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट विकेटकिपर, उत्कृष्ट फिल्डर तथा प्रत्येक खेलको म्यान अफ दि म्याचले नगदसहितका पुरस्कार पाउने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer