तानसेन। पाल्पा जिल्ला तेक्वान्दो संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जिल्ला खेलकुद विकास समिति पाल्पाले अब आफ्नै भवन निर्माण गर्ने बताएका छन् । उनले खेलकुद विकास समिति अन्तर्गत धेरै संघ रहेको बताउँदै त्यसका लागि संघले भवन निर्माण गरी सबै संघहरूलाई एउटै भवनमा विभागको विभाजन गर्ने गरी तयारी गरेको बताए ।
उनले भवन निमाणका लागि डिपिआर बनाएको र प्रदेश सरकारमा प्रपोजल पेश गरेको पनि सो बखत बताए । समितिको भवन निर्माणको लागि करिब तीन करोडको अनुमान रकमको प्रपोजल पेश गरिएको बताए।
समितिले संघलाई विगतको समयमा जिल्ला स्तरीय खेल सञ्चालनका लागि करिब २० हजार बराबरको सामाग्री हस्तान्तरण गरेको बताए।
संघले आगामी दिनमा जिल्ला स्तर, प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्न सुझाव दिदै समितिले सहयोग गर्ने प्रतिबद्वता समेत व्यक्त कार्यबहाक अध्यक्ष घिमिरेले बताए ।
संघका लुम्बिनी प्रदेश सदस्य लिलाचन विक्रम कार्कीले संघले आगामी दिनमा प्रत्येक वर्ष जिल्लास्तर, प्रदेशस्तर वा राष्ट्रियस्तरको खेल आयोजना गर्न आवश्यक रहेको बताए। संघले जिल्लाका १० वटै स्थानीय तहहरूमा सङ्गठन विस्तारलाई तिव्रता दिदै खेलको प्रचार र नयाँ खेलाडीहरूको उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।
कार्यक्रममा संघका पाल्पा जिल्ला अध्यक्ष सागरमान महर्जनले संघ पाल्पा जिल्लामा वि स २०५२ सालमा स्थापना भएको बताए।
वि स २०७६ मा संघको पुन गठन भएको बताउदै संघमा अहिले १३ सदस्य समिति रहेको बताए । संघले १३ वटा स्कुलमा खेल सञ्चालन गर्दै आएको र ६ वटा डोजाङ्ग सञ्चालन रहेको छ ।
संघले आगामी दिनमा आन्तरिक नीति तथा कार्यविधि निर्माण गर्ने,खेलाडी तथा प्रशिक्षकहरूको बीमा गर्ने,हरेक वर्ष जिल्ला स्तरीय र हरेक २ वर्षको एक पटक प्रदेश स्तरको खेल सञ्चालन गर्ने जनाएको छ । संघका सचिव श्रीकृष्ण पोखरेलले कुल १ हजार ३३ हजार २ सय १५ रूपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुति गरेका थिए ।
साथै प्रदेश कार्यक्रम सहभागी भइ तृतीय स्थान हासिल गर्ने कृष्टिना थापा,द्वितिय स्थान हासिल गर्ने निकेश श्रेष्ठ र द्वितीय स्थान हासिल गर्ने आभाष रानालाई नगदसहित सम्मान गरिएको थियो ।
संघको जिल्ला कार्य समिति अपूर्ण रहेकोमा मनोनित गरिएको छ । जस्को उपाध्यक्ष आशिष चिदी, कोषाध्यक्षमा लुना श्रेष्ठ, सदस्यहरू मोतिलाल हिस्की,डोलराज गौतम,बालकृष्ण गैरे,मान बहादुर शारू,बिष्णु थामी,अमर थापा,खेमराज पाण्डेय र एमुना पल्ली रहेका छन्।
संघको तानसेन नगरपालिकाको संयोजक डोलराज गौतम,सह संयोक प्रवेश कार्की,गोबिन श्रेष्ठ, रिब्दीकोट गाउँपालिकाको संयोजकमा गोपाल जंग रायमाझी,सह संयोजकमा गणेश बहादुर कुवर,बगनासकाली गाउँपालिका संयोजकमा बालकृष्ण गैरे,सह संयोजकमा किशोर गाहा,मोतिलाल हिस्की,माथागढी गाउँपालिका संयोजकमा मान बहादुर शारू,सहसंयोजकमा बिनोद घर्ती मगर,तिनाउ गाउँपालिका संयोजकमा अमर थापा, सह संयोजकमा सम्झना गाहा र रैनादेवी छहराको संयोजकमा लेख बहादुर थापा चयन हुभएका छन्।। भने प्रचार प्रसार संयोजकमा खेम राज पाण्डेय र सहसंयोजकमा पत्रकार सन्तोष गहतराज चयन भएका छन्।




















