१(ए) र ९ नंं वडा मेयर कप क्रिकेटको पाइनलमा

तानसेन। तानसेन जारी मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगिताको फाइनलमा वडा नं. १ (ए) र ९ भिड्ने भएका छन् । तानसेनको टुँडिखेलमा गत पोष ७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा प्रवेश गरेसंगै वडा नंं ९ र १ बीच् प्रतिस्पर्धा हुने तानसेन नगर खेलकुद विकास समितिले जनाएको छ ।

चार समूहमा भएको खेलमा समूह प्रथमहरु बीच भएको समेमिफाइनल खेलमा वडा नं ९ र १ (ए) फाइलनमा पुगेका हुन् । पहिलो सेमिफाइनल अन्तरगत मंगलबार भएको खेलमा वडा नंं १ (ए) ले वडा नं ३ लाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । दोस्रो सेमिफाइनल अन्तरगतको बुधबार भएको खेलमा वडा नं. ९ ले वडा नं. १२ लाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

नगर खेलकुद विकास समितिका संयोजक हेमन्तराज शाक्यका अनुसार सेमिफाइनल अन्तरगतको पहिलो खेलमा वडा नं. १ (ए) का रुपेश बस्याल म्यान अफ दी म्याच घोषित भए । यस्तै दोश्रो खेलमा वडा नं. ९ का सौगात गौतम म्यान अफ दी म्याच घोषित भएका थिए ।

रनिङ शिल्ड क्रिकेट प्रतियोगिताको फाइनल खेल पौष २० गते शुक्रबार दिनको १ बजे तानसेन टुँडिखेल मैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ नगद, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्ने समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया