ख्याहामा गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण

तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नंं १ को ख्याहामा गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरिएको छ । वडा कार्यालयले नियमित रुपमा गोरु पालेका २९ जना कृषक र नयाँ हलगोरु किनेका दुई जना कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो ।

ख्याहाका वडाध्यक्ष चिरञ्जिवी पोखरेलका अनुसार कृषि क्षेत्रबाट स्थानीयको आयस्रोत बढाउनका लागि गोरु पालिरहेका २९ जना किसानलाई जनही दुई हजार पाँच सय तथा नयाँ हलगोरु किन्ने दुई जना कृषकहरुलाई ५ हजारका दरले प्रोत्सहान रकम प्रदान गरिएको हो ।

पछिल्लो समय गोरुलगायत बस्तुभाउ पाल्ने प्रचलन हटेसंगै गोबरमलको पनि कमी भई रसायनिक मलको प्रयोग खेतीमा बढेको बेला गोरु पाल्ने किसानलाई अनुदान दिएर दोहोरो फाइदा लिन खोजिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए।

उनले गाउँपालिकामा सबैभन्दा धेरै स्थानीयले कृषिबाट आम्दानी गरेको र कृषि नै उहाँको सम्भावना रहेको हुँदा पनि प्रोत्सहान रकमले ठूलो राहत मिल्ले अपेक्षा गरे।

प्रोत्सहान रकम दिएपछि किसानमा खेती गर्ने र पशु पाल्नेप्रति उत्साह बढेको उनीहरुले बताएका छन् सो गाउँमा कृषिबाटै आयस्रोत वृद्धि गर्ने उद्देश्यले वडा कार्यालयले प्रोत्सहान दिएको जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको