संघीयता कार्यान्वयमा देखिएको चुनौती हटाउन सबै एकजुट हुनुपर्छः सभामुख घर्तीमगर

तानसेन। लुम्बिनी प्रदेशका सभामुख तुलारमा घर्तीमगर (बसन्त)ले संघीयता कार्यान्वयमा देखिएको समस्या समाधानका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । पाल्पाको रिब्दीकोटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दे सभामुख घर्तीले पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयको चरणमा देखिएको समस्या समाधानका लागि सबै गम्भीर हुनुपर्ने बताएका हुन्।

उनले लामो बलिदान र संघर्षबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न वडास्तरदेखि संघसम्मका जनप्रतिनिधि गम्भीर हुनुपर्ने बताए । सभामुख घर्तीले सकारात्मक सन्देश प्रवाह गरी संविधान कार्यान्वयनका लागि सबै नागिरकले भूमिका खेल्नुपर्ने बेला आएको बताए।

पछिल्लो समय मुलुकलाई अराजकतातिर डोर्याउन खोज्ने शक्तिको हाबी हुनसक्ने चुनौती बढेको छ। त्यसलाई चिर्नका लागि नागरिकमा सचेतनाको आवश्यकता रहेको उनले बताए ।

“हाल हाम्रो समाजमा केही धाराहरुमा विकास भएको देखिन्छ । स्वभाविक रुपमा समाजलाई अराजकतातर्फ डोर्याउने प्रवृतिको हाबी भएको छ । शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिकलगायत सबै क्षेत्रतिर यस्तो प्रवृति देखिएको छ। कमजोरिमा टेकेर हमला गर्ने पुरानो प्रवृतिको अन्त्य गर्नुपर्छ । अहिलेको व्यवस्थालाई नै त्यो गरी हेर्ने प्रवृति पनि बढेको छ। स्वविवेकी धाराबाट काम गर्ने, जस्ले जिम्मेवार तरिकाले काम गर्ने गर्छ । अर्को आफैले नगर्ने, अरुले भने गरेको काम पूर्ण रुपमा गर्ने आफै नगर्नै जस्लाई आज्ञाकारी धाराका रुपमा लिन सकिन्छ भने, सबै भन्दा खराब धारा भनेको अटेरी धारा रहेको छ । जस्ले आफूले केही पनि नगर्ने अरुले गरेको कामलाई पनि जस नदिने प्रवृतिको विकास भएको हुँदा समाजलाई अराजकतातिर धकेल्ने प्रयास गर्नेहरु रहेका छन्।” उनले भने।

अहिले देखिएको समस्या समाधानका लागि स्वविवेकी र आज्ञाकारी धारा बोकेका मानिसहरु एकजुट भएर अघि बढ्नुपर्नेमा सभामुख घर्तीले जोड दिए ।

केही शक्तिले आफूले काम नगर्ने तथा अरुले गरेको कामकोसमेत जस नदिई गलत प्रचार गर्ने प्रवृतिको अन्त्य गनेर्नतर्फ सबै चनाखो हुन पनि सभामुख घर्तीले आग्रह गरे ।

तपाईको प्रतिक्रिया