आर्यभाङ्ज्याङ्ग-रामपुर सडक खण्ड मर्मतका लागि बन्द हुने

dozar

तानसेन। आर्यभाङ्ज्याङ् रामपुर सडक खण्ड मर्मतका लागि बन्द गरिने भएको छ। सो सडक खण्डको हुमिन – ताहुँ (ताहुँ देउराली) खण्डमा सडकमा स्तरोन्नती तथा मर्मत कार्यका लागि २०८० माघ १७ गतेदेखि २०८० फागुन १६ गतेसम्मका लागि सडक बन्द गर्ने निर्णय गरिएको हो ।

सडक मर्मतका लागि निर्माण व्यवसायी दिव्यज्योती कन्स्ट्रक्सन प्रा.लि.ले निर्माण कार्य गरिरहेको ताहुँ देउराली क्षेत्रमा सडक अत्यन्तै साघुँरो रहेकाले ढुङ्गा र माटो कटिङ्गको कार्य गर्दा दुर्घटना हुन सक्ने जोखिम अत्यधिक रहेकाले सवारी आवागमन बन्द गरी कार्य गर्नका लागि सडक कार्यलयलाई आग्रह गरे अनुसार सवारी आवागमन बन्द गरेर निर्माण कार्यमा सहजीकरण गरिएको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताए ।

जिल्लास्थित सडक सुरक्षा समितिको बैठकले दैनिक बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्मका लागि सडक बन्द गर्ने निर्णय गरेको हो ।

सो समयमा एम्बुलेन्स, शववाहन, दमकल जस्ता अत्यावश्यक सवारी साधन सञ्चालनमा अवरोध नहुने गरी कार्य गर्न बैठकले निर्माण व्यवसायीलाई अनुरोध गरेको छ ।

दैनिक पाँच घण्टा सडक बन्द हुने हुँदा समय तालिकाअनुसार मिलाएर मात्रै आवागमन गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया