संविधान संसोधन गरेर निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्छः डा.संग्रौला

तानसेन। नेपाली काँग्रेसकी नेत्री डा.डिला संग्रौलाले निर्वाचनका लागि गठबन्धन गर्दा सरकराले काम गर्न नसकेको बताएकी छन् । अहिलेको निर्वाचन प्रणाली पनि पुनः संरचना गर्नुपर्ने उहाँले बताइन् ।

नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणाली रहेसम्म कुनै एक दलको बहुमत नपुग्ने हुँदा देश विकासले गति लिन नसकेको दावी गरिन ।

सञ्चारकर्मीहरुको जिज्ञासामा डा. संग्रौलाले संविधान संसोधन गरेर निर्वाचनलाई पूर्ण समानुपातिक तथा पूर्ण प्रत्यक्ष निर्वाचनमा लैजानुपर्ने धारणा राखिन् ।

पूर्व सासंदसमेतर रहेकी डा. संग्रौलाले अहिलेको व्यवस्थामा महिला र विभिन्न जात जातिका लागि एक तिहाई पुर्याउनका लागि प्रयोग गरेर गहनाको रुपमा मात्रै प्रयोग गरिएको धारणा राख्दै प्रत्यक्ष रुपमा भूगोलमै एक तिहाई महिलालाई टिकट दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताइन् ।

उनले अहिले देशमा विभिन्न विषयमा राजनीतिक दलका नेता तथा आफन्तहरुले भ्रष्टाचार गरी काण्डै, काण्ड मच्चाएकोले सरकार भित्र वा बाहिर, पार्टीभित्र वा बाहिर जोसुकै भएपनि कानुनी दायरामा ल्याई कारवाही गर्न सरकारले बलियो आट देखाउनुपर्ने बताइन्।

तपाईको प्रतिक्रिया