तानसेन। पाल्पाको तानसेनस्थित दमकडामा सडकमै खाऔं, सडकमै रमाऔं, भन्ने नारासहित सडक खाना महोत्सव आयोजना गरिएको छ । स्थानीय खानाका परिकारसंगै मौलिक कला सस्कृति र बबजागाजाको संरक्षणका लागि महोत्सवको आयोजना गरिएको हो ।

वडा कार्यालयको आयोजनामा एक दिने महोत्सव आयोजना गरिएको हो। महोत्सवमा मगरी, नेवारी, ब्राÞम्हणलगायत विभिन्न जातजातिका परम्परागत खाजा तथा खानाको परिकार राखिएको थियो । परम्परागत भेषभूषामा सजिएर सफा, स्वस्थकर, परम्परागत खाजा, खानाका स्टल राखी दर्शकहरूलाई प्रवेशसमेत निःशुल्क गरिएको वडाअध्यक्ष्ँ राजेशकुमार अर्यालले जानकारी दिए।

स्थानीय खाना, खाजा र संस्कृतिलाई नयाँपुस्तासम्म पुर्‍याउन आयोजित सडक खाना महोत्सवमा पाल्पाली चुकाउनी, मगरी समुदायमा प्रचलित बारा अर्थात बटुक, मेवाको अचार, सेलरोटी, पकौडा, अचार, छोयलालगायतका मासुजन्य परिकार चाख्ने भीड नै लागेको थियो।

अन्य व्यपारी महोत्सव भन्दा परम्परागत संस्कृति जोगाउन र स्थानीयको आर्थिकस्तर वृद्धिमा खाना महोत्सवले टेवा पुगेको पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बताए। ।

सडकमै खाने, नाच्ने, डुल्ने र प्रत्यक्ष परिकार बनाएको अवलोकन गर्दै लोक गायक बद्री पंगेनीका साथै स्थानीय कलाकारले दर्शकलाई मनोरञ्जन दिएका थिए भने सोही अवसरमा पञ्चेबाजा, भजन, खेली, रोइला, झाम्रे, सोरठीको पनि प्रस्तुति रहेको थियो ।

तपाईको प्रतिक्रिया