तोलामा ५ सयले घट्यो सुनकाे मूल्य

काठमाडाैं। साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबार तोलामा १ लाख १८ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार भने १ लाख १८ हजार रुपैयाँमा झरेको हो ।

सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ । आइतबार तोलाको १ हजार ३९० रुपैयाँमा चाँदीको कारोबार भएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया