तानसेन। पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मंगलबार अपराह्न डुम्रेबाट तिनाउ गाउँपालिका वडा नंं ६ को चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटनास्थलमा आठ जनाको शव फेला परेको छ । करिब २० जना सवार रहेको उक्त सवारीमा रहेका अन्यको पनि मृत्यु हुनसक्ने आशंका उद्दारमा खटिएका प्रहरीले गरेका छन् ।
पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठकाअनुसार दुर्घटनास्थलबाट आठ जनालाई उद्दार गरी उपचारका लागि पठाइएको छ ।
हाल उद्वार कार्य जारी रहेको हुँदा घटनाको पूर्ण विवरण आउन बाकीँ रहेको प्रहरीले जनाएको छ ।



