
तानसेन। पाल्पामा हिजो बेलुका भएको जिप दुर्घटनाका घटनास्थलमा र उपचारका क्रममा दुई गरी दश जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा तिनाउ–६, की ६० वर्षकी यनकुमारी पन्त, सोही स्थानका ३९ वर्षीय रामबहादुर पन्त, ६७ वर्षका कृष्णबहादुर अस्लामी, २८ वर्षकी उर्मिला अस्लामी रहेको प्रहरीले जनाएको छ । यस्तै बुटवल उपमहानगरपालिका–१४ का ७० वर्षीय चन्द्र रणपाल र उहाँकी श्रीमती ६० वर्षकी चुना रणपाल, रिब्दीकोट १ बस्ने ६५ वर्षीया दिलकुमारी सुनार र रुपन्देहीको देवदह ५ बस्ने २९ वर्षीया दिलमाया जिसी रहेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
यस्तै उपचारका क्रममा घाइतेमध्ये तिनाउ–२, की २० वर्षीया गीता सुनार र रिब्दीकोट १ की ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी बालबालिकासहित १६ जना घाइते भएका छन् । घाइते भएकाहरुको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार जारी रहेको छ ।
प्रहरीका अनुसार पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ६ की २० वर्षीया कृष्ण पन्त, सोही स्थानकी १९ वार्षीया, उमा रास्कोटी, ६ वर्षीय सौरव पुन, २१ वर्षीया अमृता गहतराज, २८ वर्षीया कमला सुनार, १९ वर्षीया शान्ती राना, ४७ वर्षीय तुलबहादुर नेपाली, र तिनाउ २ की सुर्साने की २० वर्षीया गिता सुनारको छोरी रहेको प्रहरीले जनाएको छ ।
यस्तै रिब्दीकोट–१, की विद्या सुनार, सोही स्थानकी ६ वर्षीया माया सुनार, ३० वर्षीया रमा सुनार, ५ वर्षीय आलव सुनार, घाइते भएको छ । रुपन्देही खैरेनीका ९ वर्षीय विवेक जिसी, ६ वर्षका अस्मित जिसी, तानसेन ७ की ४२ वषीया सवीता परियार र रुपन्देहीको हरैया बस्ने ३० वर्षीया भुमी पुन घाइते भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
मङ्गलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नंं६, चिदिसमा लु १ ज २३७१ नम्बरबको जिप दुर्घटना भएको थियो । प्रहरीका अनुसार जिप सडकदेखि तीन सय मिटर तल खसेको थियो । जिपका चालक तानसेन १० का दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डुम्रेदेखि चिदिसतर्फ गएको जिप अत्यधिक लोडका कारण दुर्घटना भएको प्रहरी उपरीक्षक हेरम्व शर्माले बताए। क्षमताभन्दा बढी लोड र उकालोमा सवारीसाधनले तान्न नसक्दा व्याक भएर दुर्घटना भएको प्रहरीउपरीक्षक शर्माको भनाइ छ।