टुडिँखेलमा फागुन १९ गतेदेखि महोत्सव लाग्ने

तानसेन। पाल्पाको तानसेनमा फागुन १९ देखि २९ गतेसम्म तानसेन महोत्सव सञ्चालन हुने भएको छ । तानसेन नगरपालिकाको मुख्य आयोजनामा टुडिखेल मैदानमा महोत्सव हुन लागेको हो ।

”कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार, तानसेन महोत्सव २०८०” भन्ने नारामा हुने महोत्सवमा तीन सय बढी स्टल रहने र ३ लाख बढीले मेलाको अवलोकन गर्ने, मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख सन्तोषलाल श्रेष्ठले मेलाबाट नगरपालिकालाई ६१ लाख बढी राजश्व बचत हुने र उक्त रकम तानसेन नगरको भौतिक पूर्वाधार निर्माणका साथै आवश्यकीय कार्यका लागि खर्च गरिने जानकारी दिए।

विगतमा अन्य संघ संस्थाले मेला संचालन गर्दै आएको टुडिखेल खेल मैदानमा पहिलो पटक तानसेन नगरपालिका आफैले आयोजना गर्न लागेको हो।

मेलामा १० करोड बढीको कारोबार हुने अनुमान आयोजक नगरपालिकाले गरेको छ । महोत्सवबाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रवद्धनका लागि तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकाबाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाले जनाएको छ ।

महोत्सवमा विभिन्न औधोगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रवद्र्धन, लगानीका अवसर सिर्जना र आकर्षण गर्ने लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन, साना उद्यमी एवम विषयगत प्रदर्शनी गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया