
तानसेन। पाल्पामा बेबारिसे अवस्थामा प्लास्टिक ग्रिनेट फेला परेको छ । जिल्लाको तानसेन नगरपालिका वडा नं. ११ को जोगीपानीस्थित स्थानीय मीना कुवंरको बाझो बारीमा पिन नभएको एक थान ग्रिनेट फेला परेको हो।
बुधबार दिउँसो नेपाली सेनाको पाल्पास्थित दि फेमस महिन्द्र दल गण नागपोखरी व्यारेकबाट जम्दार गजत गुरुङको कमाण्डमा खडिएको २१ जनाको टोलीले उक्त ग्रिनेट फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार उक्त ग्रिनेटलाई प्रहरी र नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको छ । उक्त बस्तु कस्ले कहिले फालेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको पनि पाल्पा प्रहरीले जनाएको छ ।