
पाल्पा । पाल्पाको तानसेनमा कपाल काट्ने तालिम सुरु भएको छ । सीप सिकौ, स्वरोजगार बनौ भन्ने मूल नाराका साथ सैलुन व्यवसाय सञ्चालन गर्नको लागि १५ दिने कपाल काट्ने तालिम सुरु भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा सञ्चालित तालिममा दश स्थानीय तहका गरी २२ जना महिला तथा पुरुषहरूको सहभागिता जनाएका छन् ।
तालिमको उद्घाटन गर्दै तानसेन वडा नं.३ का वडाध्यक्ष बाबुरत्न शाक्यले सीप सिकेर त्यलाई व्यवहारमा उतारी आय आर्जन गरर्न सुझाव दिए ।उनले स्वदेशमै आत्मनिर्भर बन्नका लागि सीमपूलक तालिमले सहयोग पुग्ने पनि बताए ।
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले सीप सानो या ठूलो नहुँने बताउदै समयअनुसारको फेसन डिजाइनको सीप सिकेपछि बेरोजगार बस्न नपर्ने धारणा राखे ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख श्यामकुमार पौडेलले विशेषगरी पुरुषहरुको कपाल कटाई सीपलाई लक्षित गरेर आयोजना गरिएको तालिममा महिलाहरू पनि सहभागी भएकोमा खुसी व्यक्त गर्दै आफ्नो सीपलाई प्रदर्शन गरी लोकप्रिय बन्दै आफ्नै देशमा बसेर आर्थिक समृद्धि हासिल गर्न सबैलाई अनुरोध गरे ।
तालिम संयोजक मनोज घिमिरेले नागरिकको आवश्यकता, क्षमता र माग अनुसार कार्यालयले हाउसवायरिङ, प्लम्बिङलगायतका विभिन्न क्षेत्रका सीपमुलक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी सो बखत दिएका थिए ।