छहरामा अन्तर पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

तानसेन। पाल्पा जिल्लाका १० वटै स्थानीय तह सहभागी चौथो संस्करणको अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता रैनादेवी छहराको कटौजेपानी खेलमैदानमा सुरु भएको छ ।
रैनादेवी छहरा गाउँपालिकाको आयोजना र जिल्ला भलिबल संघ पाल्पाको समन्वयमा सुरु प्रतियोगिता सुरु भएको हो।

तीन दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा रैनादेवी छहरा गाउँपालिकाले तिनाउ गाउँपालिकालाई २–१ सेटले पराजित गरेको छ । रैनादेवीले पहिलो २५–२३ र तेस्रो सेट १५–१० ले जितेको छ । दोस्रो सेट तिनाउ गाउँपालिकाले २५–२० को सेटमा खेल जितेको थियो ।

१० टिम सहभागी प्रतियोगिता लिककप नकआउटको आधारमा खेलाइएको रैनादेवी छहरा गाउँपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक नारायण कार्कीले जानकारी दिए।

प्रतियोगितामा पहिलो हुनेले ७५ हजार, दोस्रोले ४५ हजार, तेस्रोले ३० हजार र सान्तवनाले १५ हजार नगद, ट्रफी र प्रमाणपत्र पाउने रैनादेवी छहरा गाउापालिका अध्यक्ष रुक्मागत भटराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer