दोस्रो यूथ युनियन कप टुँडिखेलमा सुरु

तानसेन। तानसेनको टुंडिखेल मैदानमा दोस्रो यूथ युनियन कप सुरु भएको छ । मङ्गलबारदेखि सुरु भएको दोस्रो कप (फुटबल प्रतियोगिता) को पहिलो खेलमा न्यु एकता युवा क्लब विजयी बन्यो ।

पहिलो खेलमा उसले पिटफल ब्रदर्श युवा क्वबललाई २–१ गोलले हराएर विजयी बनेको हो।  प्रतियोगितामा १५ वटा समूहको सहभागिता रहेको न्यु यूथ युनियन क्लबका अध्यक्ष मनोजमान लिगलले जानकारी दिए।

प्रतियोगितामा विजेताले ट्रफीसहित नगद एक लाख र उपविजेताले ट्रफीसहित नगद ५० हजार पाउनेछ। यस्तै, उत्कृष्ट खेलाडीले नगद पाँच हजार पाउनेछ भने उदीयमान खेलाडी, उत्कृष्ट गोल रक्षक, म्यान अफ दि म्याच, सर्वाधिक गोलकर्ताले पनि नगदसहित सम्मान पाउने अध्यक्ष लिगलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer