तानसेन। नेकपा एमाले तानसेन नगर कमिटीले किसानलाई तालिम प्रदान गरेको छ । नगरभित्र व्यवसायिक रुपमा कुखुरापालन गर्ने किसानका लागि एक दिने तालिम सञ्चालन गरेको नगर कमिटी खध्यक्ष गुरास आत्रेयले जानकारी दिए । नगरपालिका भित्रका १४ वडाबाट ५१ जना व्यवसायिक किसानलाई तालिम प्रदान गरिएको हो ।
तालिमको उद्घाटन शत्रमा बोल्दै संविधानसभा सदस्य नारायणी शर्माले बेरोजगारी बढेको समयमा तालिममार्फत स्वरोजगार हुन टेवा पुग्ने बताइन् ।
तालिममा सहभागीलाई कुखुरालाई लाग्ने रोग, रोगबाट बच्ने उपाय, औषधि उपचार, कुखराका लागि आवश्यक पर्ने दाना, खोरको व्यवस्थापनलगायतका विषयमा पशु चिकित्सक डा. चन्द्र बहादुर रानाले सहजिकरण गरेका थिए । उनले कुखुरा पालनका फाईदा, सम्भावना चुनौती र समस्या सामाधानका बारेमा किसानहरुलाई जानकारी दिएका थिए ।
यस्तै फार्म स्थापना तथा व्यवस्थापन, आधुनिक खोर निर्माण, ह्याचरी स्थापना, कुखुराको फर्म स्थापना, बजारीकरण, पशु आहारा तथा खोर निर्माणलगायतका विषयमा भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्राविधिक यूवराज ज्ञवालीले सहजिकरण गरेका थिए ।
तालिममा एनआईसी एसिया बैंक तानसेन शाखाका प्रमुख हरिकृष्ण शर्माले कृषि क्षेत्रमा बैंकले गर्ने लगानीको विधि र प्रक्रियाबारे सहजिकरण गरेका थिए।
एमाले तानसेन नगर कमिटी अध्यक्ष आत्रेयले व्यवसायीक कुखुरापालक कृषकहरुलाई व्यवसायका लागि थप दक्ष बनाउन तालिममार्फत सहयोग पर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । उनले लामो समयदेखि कुखुरा पालन गर्दै आएका कृषक तथा उद्यमीहरुलाई कुखुरापालनबाट प्राविधिक ज्ञान बाढेर आम्दानी बढाउनका लागि आफूहरुले तालिम सञ्चालन गरेको बताए ।