होली मनाउदा यी गल्ती गरे कारबाही हुन सक्छः पाल्पा प्रशासन

तानसेन। जिल्ला प्रशासन कार्यालय पाल्पाले होली पर्वमा हुन सक्ने अराजन र अमानवीय कार्य गर्नेलाई कारबाही गर्ने जनाएको छ । शुक्रबार एक सूचना जारी गर्दै होली पर्वलाई इच्छा विपरित रंग दल्ने, लोला हान्ने, पानी छ्याप्ने, बाटोमा हिड्ने यात्रु तथा बटुवाहरुलाई रंग लगाउने, बाटो अवरुद्ध गरी सवारी साधानहरुबाट रकम अशुल गर्ने जस्ता अमानवीय र अराजक  कार्य गर्ने उपर कानून बमोजिम कारबाही गर्ने स्थानीय प्रशासनले जनाएको हो ।

रंगहरुको पर्वको रुपमा मनाइने होली पूर्णिमाको अवसरमा पर्वलाई आपसमा खुसी साटासाट गरेर मनाउने पर्व भएकाले कसैको इच्छा विपरीत भएका कार्यहरु दण्डदीय भएको हुँदा त्यस्ता कार्य रोक्नका लागि सचेत रहन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भत्ति सरा रानाद्धारा जारी सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचनाः

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer