
तानसेन। पाल्पामा एक युवती धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेकी छन् । रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाकी १८ वर्षीया पद्यमा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी हुन् ।
मंगलबार बिहान नौ बजेतिर नुहाउन भनी घरबाट हिडेकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदखि एक किलोमटिरको पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष चिरञ्जिवी पाेखरेलले जानकारी दिए । वडाध्यक्ष पाेखरेलले युवतीको हातको औला, पाखुरा र अन्य स्थानमा पनि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा फेला परेको बताए ।
घटनाबारे अनुसन्धानका लागि जिल्लास्थित प्रहरीको टोली र स्थानीय घटनास्थलमा पुगेका छन् ।
हत्याको आशंका गरिए पनि घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।