तानसेन। पाल्पामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका वडा नं. १४, अर्गली नजिकै ना १ ज ७९५३ नम्बरको जिप शुक्रबार दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा गुल्मीको मुसिकोट १ का ६७ वर्षकी इश्वरा घिमिरे, सोही स्थानकी ८ वर्षकी सुप्रिया घिमिरे, पाल्पा रिब्दीकोट ६ की २४ वर्षकी रेखा रोका र बाग्लुङ् बडिगाड ५ बस्ने नौँ वर्षकी अतिस पाइजा रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको जिल्लाका प्रहरी कार्यालय पाल्पाका सूचना अघिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

जिपका चालक लाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया