तानसेन। सञ्चार तथा सूचना प्राविधि मन्त्री तथा नेकपा माअ‍ोवादी केन्द्रकी नेतृ रेखा शर्माले सरकारले सुरु गरेको सुशासन र सामाजिन न्यासहित समृद्धिको यात्रामा नागरिकको साथ आवश्यक रहेको बताएकी छन् ।

पाल्पास्थित माओवादी केन्द्रका नेता तथा कार्यर्तासंग भएको छलफलमा बोल्दै सरकारका प्रवक्वासमेत रहेकी मन्त्री शर्माले अहिले माथिल्लो स्तरमा सबै दलको सहभागिता रहेको हुँदा राष्ट्रिय सहमति हुन नसकेपनि सरकारले सबैलाई समेटेर देशलाई समृद्ध बनाउने गरी काम गरेको उल्लेख गरिन् ।

उनले सरकारले माथिल्लो निकायमा रहेका व्यक्तीले जे गरे पनि छुट छ भन्ने मान्यताको अनत्य गरी सुशासनको पहल गरेको उल्लेख गर्दै तल्लो तहदेखि नै सरकारलाई आवश्यक सहयोग जानकारी र गलत काममा खबरदारी गर्नुपर्ने बताइन।

जिल्लास्थित सबै स्थानीय तह र प्रदेश कमिटी तथा केन्द्रीय सदस्यसहितको सहभागितामा भएको छलफलमा उहाँले अहिले नेपाली काँग्रेससंग गठबन्धन तोडेर नयाँ समिकरणका साथ सरकारले काम गर्न लागेको उल्लेख गरिन । नागरिकले चाहे अुनसार काम नभएपनि केही नयाँ सुरुवात भएको हुँदा सकारात्मक रुपमा सरकारलाई सबैले सहयोग गर्नुपर्ने बेला आएको मन्त्री शर्माको भनाइ छ ।

साे बखत लुम्बिनी प्रदेशका पूर्व अर्थ मन्त्री कृष्णध्वज खड्काले पार्टीकाे निर्देशनअनुसार काम गरेर स्थानीय कमिटी बलियाे बनाउने तथा जिम्मेवार सदस्यले सरकारका कामकाे प्चारमा लाग्न जाेड दिएका थिए । छलफल कार्मार्रयक्रम  केन्द्रका पाल्पा जिल्ला इन्चार्ज अनिलकिशाेर घिमिरले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया