
पाल्पा। स्याङ्जामा आगो निभाउने क्रममा जलेर एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीया रेउसरी गुरुङ रहेको प्रहरीले जनाएको छ।
बारीमा कोदोको बीउ राख्नका लागि पात–पतिङ्गर जलाउने क्रममा जङ्गलमा आगो सल्किएपछि उक्त आगो निभाउन खोज्दा गुरुङको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घटना बारे थप अनुसन्धान जारी रहेको छ।