
तानसेन। सभामुख देवराज घिमिरेले सरकारको स्थायित्व कायम गर्न निर्वाचन पद्धति परिवर्तन गर्नुपर्ने बताएका छन् । निर्वाचन पद्धतीले एकै दलको सरकार बन्न नसक्दा छोटो समयमा धेरै सरकार फेरबदल हुँदा तीनै तहको सरकारमा असर देखिएको बताए । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सभामुख घिमिरेले एकै दलबाट बहुमत आउनेगरी सरल र स्वभाविक रुपमा निर्वाचन प्रणाली आवश्यक रहेको बताए।
उनले भने, “हामीले अहिले देशको शासनलाई कसरी प्रभावकारी बनाउने, कसरी शुुसासन कायम गर्ने भन्ने विषयमा छलफल गरेका छौं।”
सभामुख घिमिरेले संघका दुवै सदन र सातै प्रदेशका सभामुख उपसभामुखसहितको छलफलबाट सदनलाई प्रभावकारी बनाउन खेल्लनुपर्ने भूमिकाबारे गहन रुपमा छलफल भएको जानकारी दिए।
पाल्पामा दुई दिनसम्म चलेको अन्तरव्यवस्थापिका भेलाले मुख्यत कानुन बन्नुपर्ने विषय, बनेको कानुनको कार्यान्वय र कार्यान्वयमा देखिएका समस्याका बारेमा छलफल भएको सभामुख घिमिरेल बताए ।
सभामुख घिमिरेले पूर्वविद्यायकी, विद्यायकी र उत्तरविद्यायकीका विषयमा छलफल हुनुपर्ने पनि बताए । यस्तै भेलाकै सन्दर्भमा सदन र सरकारलाई प्रभावकारी बनाउन बजेट सम्बन्धी विशेष प्रबन्ध गर्नुपर्ने, संसदीय प्रणालीभित्र संघ र प्रदेशले बजेट संघ, प्रदेश र स्थानीय सरकारलाई भूमिकायुक्त बनाउन पनि छलफल गरिएको बताए।
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले अन्तरव्यवस्थापिका भेलाले पास गरेको सात बुदे पाल्पा घोषणापत्र सार्वजनिक गरे । आउँदो भेला गण्डकी प्रदेशसभाले गर्नेगरी सदनको भूमिका प्रभावकारी बनाउन संघ र प्रदेशमा सभाहरु संचालन गर्ने, कान निर्माणमा समन्वय रकार्यान्वयमा छलफल गर्ने, गरी घोषणापत्रमा जारी भएको सभामुख घर्तीले जानकारी दिए ।
यो वर्षको अन्तरव्यवस्थापिका भेला लुम्बिनी प्रदेशसभाले पाल्पा सदरमुकाम तानसेनमा राखेको थियो ।