
तानसेन। ऐतिहासिक र पुरातात्कि महत्व बोकेको पाल्पा दरबार परिसरको निर्माण क्रममा देखिएको समस्या समाधान गर्न पाल्पाका राजनीतिक दल एकजुट भएका छन् । तानसेन नगरपालिकाले निर्माण सुरु गरेको जिल्ला प्रशासन भवनदेखि सित्तलपाटीसम्मको सुरक्षा पर्खाल निमाामा देखिएको समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारीलाई पाल्पाका दलहरुले ध्यानाकर्षण गराएका हुन् ।
सित्तलपाटी र नारायणस्थान झर्ने र मंखनटोल जाने सडक छेउको पर्खाल निर्माणमा नेपाली सेनाले सडकको छेउसम्म वाल उठाउने भएपछि दलहरुले सो विषयमा आवाज उठाएका हुन् ।
नगरपालिकाले नेपाली सेनाको जग्गा मिचेर निर्माण कार्य अगाडि बढाएको भन्दै सेनाले निर्माण कार्य रोक्न भनेपछि उक्त कार्यले विवादको रुप लिएको हो । नगरपालिकाले भन्दा पनि सो विषयमा सेनाले अटेरी गरेको भन्दै जिल्लाका क्रियाशिल सबै दलले सडक चौडा हुनेगरी काम गर्ने वातावरण सृजना गर्न प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षण गराएका हुन् । दलहरुले प्रमुख जिल्ला अधिकारीले सहजीकरण गरेर समयमै निर्माण गर्नका लागि पनि अनरोध गरेका हुन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा र जनमोर्चाका नताहरु सहभागी छलफलले समस्याको निकास निकाली तत्काल सडक नमिचि पर्खाल उठाउने गरी काम गर्न निर्देशन दिएको हो।
सो बखत प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले सबैको समन्वयमा काम अघि बढाउन आफूले पहल गर्ने बताएका छन् ।
