बाेक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने युवक पक्राउ

तानसेन। पाल्पामा स्थानीयलाई बोक्सीको आरोप लगाउने एक युवक पक्राउ परेका छन् । बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने बगनासकाली गाउँपालिका–९ का २९ वर्षीय पदम बस्याललाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई बुधबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। भैसी बिरामी भएको भन्दै झारफुक गर्न बस्याल समक्ष पुगेकी ती महिलालाई गत जेठ ६ गते बोक्सीको आरोप लगाई बस्यालले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

गाउँमा झारफुक गर्दै आएका बस्यालको कुटपिटबाट घाइते भएकी महिलाले बोक्सी आरोप कसुर अन्र्तगत कारवाही गर्नका लागि प्रहरीमा निवेदन दिएपछि प्रहरीले बस्याललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध क्षेष्ठले जानकारी दिए।

घाइते महिलालाई स्थानीयले उद्दार गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको