रायमाझी कुलदेवता समितिकाे अध्यक्षमा कमल रायमाझी

तानसेन। रायमाझी कुलदेवता समिति पाल्पाको अध्यक्षमा छहराका कमल रायमाझी निर्विरोध चयन भएका छन् । पाल्पाको छहरामा बसेको रायमाझी बन्धुहरुको २३ ओँ साधारसभा तथा ७ ओँ अधिविशेनले १७ सदस्य रायमाझी कुलदेवता समिति जिल्ला कार्य समिति पाल्पा चयन गरेको हो ।

जसको उपाध्यक्षमा बुद्धि बहादुर रायमाझी, सचिवमा शंकर रायमाझी ,सहसचिवमा सोम बहादुर रायमाझी, कोषध्यक्षमा रन्जना रायमाझी सहकोषाध्यक्षमा हरि रायमाझी चयन भएका छन् । २३ ओँ साधारसभा तथा ७ ओँ अधिविशेनको उद्धघाटन गर्दै केन्द्रीय अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गर्भनर बिरबिक्रम रायमाझीले लामो ईतिहास बोकेको रायमाझीहरुको उद्गम स्थल पाल्पाको छहरामा हुने कुलपूजाले देश तथा विदेशमा रहेका रायमाझी दाजुभाईको मिलन र एकताको सन्देश दिएको बताउदै यस क्षेत्रको बिकासमा सबै रायमाझी दाजुभाई एकजुट भएर लाग्न पर्ने बताए।

कार्यक्रममा पूर्व सासंद यादव बहादुरायमाझी, पूर्व प्रमुख जिल्ला अधिकारी टेकबिरजंग रायमाझी, कुलदेवता समितिका महासचिव तथा पूर्व डिएसपी गोपालबहादुर रायमाझी, छहराका वडा अध्यक्ष गोविन्द रायमाझी लगायतले कुलदेवता समितिको गतिविधिको बारेमा चर्चा गरेका थिए । उनीहरुले रिडीमा रहेको पौवा संरक्षण गर्नको लागि सबै क्षेत्रमा सहयोग हुन आवश्यक रहेको बताए।

कार्यक्रममा पूर्व अध्यक्ष झलक बहादुर रायमाझीले रायमाझी कुलदेवता समितिको १० लाख भन्दाबढी प्रतिवेदन सुनाउदै कुलपूजा व्यवस्थापनमा गुरु योजना बनाएर लाग्नको लागि सबै बन्धुहरुलाई आग्रह गरे । कार्यक्रमाम कुल पूजा २०८० मा महत्पू योगदान गरेको भन्दै अध्यक्ष झलक रायमाझीसहित १८ जनालाई कदर पत्र र १३ जनालाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा विभिन्न छात्रवृतिसमेत प्रदान गरिएको थियो । यस्तै अध्यक्ष पदमा चयन भएका कमल रायमाझीले अधिवेशनमा सहभागी प्रतिनिधि तथा शुभचिन्तकलाई धन्यवाद ज्ञापन गर्दै कुलदेवताको रक्षा र हितको लागि आफू सधै लागि पर्ने बताए।

तपाईको प्रतिक्रिया