आईसीसी टी–२० विश्वकप २०२४ःनेदरल्यान्ड्सविरूद्ध नेपालका दुवै ओपनर आउट

काठमाडाैं। आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह ‘डी’ को खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ।

अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालका दुवै ओपनर आउट भएका छन्।

आसिफ शेख दोस्रो ओभरको अन्तिम बलमा टिम प्रिङनलको बलमा ७ रनमा क्याच भए। चौथो ओभरको पहिलो बलमा कुशल भुर्तेल ७ रन बनाएर खेलिरहदा भान वीकको एलबिडब्लूको धरापमा परे।

त्यतिबेला नेपालले १५ रन जोडेको थियो। तेस्रो विकेटका रुपमा पेभेलियन फर्किए अनिल साह मैदानमा छन् ।

खेल जारी रहेकाे छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer