पाल्पामा खैरो हिरोइनसहित एक जना पक्राउ

तानसेन।  जिल्ला प्रहरी कार्यालय पाल्पाले लागू औषधसहित एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ४ घर भई हाल पाल्पाको तानसेन ६ मा बस्दै आएका ४१ वर्षीय श्रीप्रसाद बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले सोमबार तानसेन- २ को मेहलधारामा बुढाथोकीलाई शंकास्पद मानी खानतलासी गर्दा खैरो हिरोइन जस्तो देखिने धुलो फेला परेको जनाएको छ ।

पाल्पा प्रहरीका सूचना अधिकरी सुगन्ध श्रेष्ठका अनुसार उनलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको छ।

यसैबीच जिल्ला प्रहरी कार्यालय पाल्पाले माथागढी गाउँपालिका वडा नं.१ राताडाँडास्थित सिद्दार्थ राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, प्रहरी चौकी प्रभास, प्रहरी चौकी आर्यभञ्ज्याङ, प्रहरी चौकी र लुम्बिनी मेडिकल कलेज प्रभासको मेडिकलको स्वास्थयकर्मीसहितको टीम सहभागी गराई लागू औषध सम्बन्धी राजमार्ग चेकिङ्ग गरेको छ ।

राजमार्ग भएर लागूऔषधको कारोबार हुने तथा  यात्रुले समेत सेवन गर्ने गुनसो बढेपछि चेकजाँचमा कडाइ गरिएको पाल्पा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया