
तानसेन। गर्मी छल्न पाल्पा आएका एक भारतीय नागरिकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । पछिल्ला दिनहरुमा गर्मी बढ्दै जाँदा पहाडमा घुम्न आएका भारतको गोरखपुर खाना सैजन्वा रङ्गौलीग्राम उत्तर प्रदेशका अन्दाजी १५ वर्षीय आर्यन कुमारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार परिवारका सदस्यसहित १५।१६ जनाको टोली घुम्न आएकोमा पौडी खेल्ने क्रममा आर्यन डुबेर बेपत्ता भएका थिए ।
अन्य सहभागीले तत्काल प्रहरी चौकी दोभानलाई जानकारी गराएर खोजतलास गर्दा उनलाई मृत अवस्थामा फेला पारेको पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। सनिवार पनि भारतबाट घुम्न आएका एक जना पर्यटकको तिनाउ खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै गर्मी महिना लागेपछि बैशाख र जेठ महिनामा मात्रै सो क्षेत्रमा ६ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।