पाल्पामा नाबालिकालाई जबरजस्ती गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

तानसेन। पाल्पामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना स्वास्थ्यर्मीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका–५, नयाँटोलाका ३६ वर्षीय बृहस्पति पचभैया रहेका छन् ।

गत शनिबार १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार पीडित बालिकाले किटानी जाहेरी दिएपछि पचभौयाँलाई पक्राउ गरी अदातलबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको छ ।

पक्राउ पर्ने पुरुष तानसेन नगरपालिका भित्रको स्वास्थ्य चौकीमा अहेब पदमा कार्ररत थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको