तानसेन। पाल्पा तिनाउ खोलामा यो वर्ष मात्रै सात जनाको डुबेर मृत्यु भएको छ । गर्मी लागेपछि सितलताका लागि खोलामा नहाउन र पौडी खेल्न गएका नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अधिकाशं व्यक्ति भारतीय नागरिक रहेका छन् ।
पर्याप्त पानी नपरेका कारण यो वर्ष लागेदेखि नै गर्मी बढेको छ । यो वर्षको बैशाख र जेठ महिनामा सो संख्यामा मानिसहरु खोमामा डुबेर मृत्यु भएका हुन् ।
पछिल्लो समय गमी बढेपछि पानीमा नुहाउन र पौडी खेल्नका लागि भारतबाट पनि पर्यटकहरु नेपालका पहाडि जिल्लामा आउने क्रम बढेको छ । यसरी आएका पर्यटकले असावधानीका कारण डुबेर ज्यान गुमाउने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो साता मात्रै तीन जना भारतीय नागरिकको डुबेर मृत्यु थियो ।





















