पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

तानसेन । पाल्पामा चट्याङ्गले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ३ भुवनपोखरीका ५६ वर्षीय बिमल प्रसाद पन्त रहेको प्रहरी जनाएको छ ।
पन्तलाई आइतबार बेलुका करिब साढे ६ बजेको समयमा आफ्नै घरमा बसिरहेको बेला अचानक चट्याङ्गले लागेको थियो ।
चट्याङ्ग लागेर घाइते भएका उनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याइएकोमा डाक्टरले चेक जाँच गर्ने क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया