
तानसेन। पाल्पामा भरुवा बन्दुकसहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ३६ वर्षीय ईश्वर कुमाल रहेको प्रहरीले जनाएको छ ।
कुमाललाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान पक्राउ गरिएको हो।
घर नजिकैको जङ्गलमा सिकार खेल्ने क्रममा बन्दुक पड्काउँदा बन्दुकको छर्रा लागेर सोही स्थानका ३४ वर्षीय टोपबहादुर कुमाल घाइते भएपछि प्रहरीले अनुसन्धान थालेको र अनुसन्धानका क्रममा ईश्वरको घरबाट एकनाले भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी प्रहरीले जनाएको छ ।