
तानसेन। केही दिनदेखि नेपालको दक्षिणी आसपासमा रहेको मनसुन न्यूनचापीय रेखा अझै केही दिन रहने भएको छ । जसले गर्दा आगामी तीन दिनसम्म मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनएको छ । महाशाखाले हालै सार्वजनिक गरेको मौसमी बुलेटिनका अनुसार मनसुनी प्रणाली थप सक्रिय हुने जनाइएको छ ।
महाशाखाले गत १६ गतेदेखि सक्रिय भएको मनसुनी प्रणाली २३ गते आईतबारसम्म अझै बढी सक्रिय रहने जानकारी गराउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।
शुक्रबारदेखि २३ गते आईतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी, मधेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस अवधिमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव, शहरी तथा तराईका क्षेत्रमा डुवानको जोखिम रहनुका साथै नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध छ ।