
तानसेन। निरन्तर परेको वर्षासंगै पहिरो खसेपछि पाल्पामा दुई घर पुरिएका छन् । यस्तै तीन घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । जिल्लाको बगनासकाली गाउँपालिका वडा नं.६, यम्घास्थित टारीका दुई घर पहिरोले पुरेको हो ।
शनिबार घरमाथिबाट खसेको पहिरोले घरसहित घरभित्र भएका सबै सामान पुरिएको स्थानीय जनप्रतिनिधिले जनाएका छन् । यस्तै रिब्दीकोट र तानसेनको अर्गलीमा तीन घर पहिरोको जोखिममा परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।
पहिरोमा परेका परिवारलाई उद्दार गरिएको प्रहरीले जनाएको छ ।