माथागढीको झुम्सा खोलामा महिलाको शव फेला

तानसेन। पाल्पामा खोलाको किनारमा एक महिलाको शव फेला परेको छ । जिल्लाको माथागढी–५, गणबाँसस्थित झुम्सा खोलामा महिलाको शव फेला परेको हो ।

मृत फेला परेको शव गणबाँसकी २८ वर्षीया खुमीसरा बाह्रघरेको रहेको प्रहरीले जनाएको छ ।

बाह्रघरेको के कारणले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया