हिउँदे खोलामा सडक भासिएपछि सवारी आवागमनमा समस्या

तानसेन। सिद्धार्थ राजमार्गकाे तानसेन-बुटवल सडक खण्डको हिउँदे खोला नजिक सडक भासिएर सवारी आवागमनमा समस्या भएको छ । गत आइतबार बेलुकादेखि सडक भासिन थालेपछि सवारी आवगमनमा समस्या भएको हो।

सो क्षेत्रमा झन्डै ५० मिटर लम्बाईमा र बाटो मुनी पनि दुई मिटर बढी सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।  कार्यालयका सूचना अधिकारी दुर्गा गौतमका अनुसार कमजोर भू-गोलका कारण बाटोमुनीको भागबाट दैनिक रुपमा सडक भासिने क्रम रहेको छ ।

आइतबार बेलुकादेखि सडक भासिन थालेको र वर्षा हुनासाथ थप सडक भासिएको हुँदा एकतर्फी रुपमा सवारी संचालन गर्न पनि समस्या देखिएको उनले बताए।

“दुईतर्फी रुपमा सवारी संचालन गर्नका लागि तत्काल कुनै उपाए नभएको र एकतर्फी रुपमा सवार पास गराउन पनि कठिन अवस्था रहेको छ । ट्राफिक प्रहरीसंगको समन्वयमा सावरी पास गराइदैँ आएका छाैं पानी पर्नासाथ पुनः सडक भासिने जाेखिम रहेकाे कायमै छ ।” उनले भने ।

यो स्थानमा दुई वर्षअघि पनि सडकमा पहिरो खस्ने र भासिने हुँदा सवारी आवागमनमा समस्या देखा परेको थियो । विज्ञ टोलीको स्थलगत अनुगमन पश्चात सडक डिभिजन कार्यालय पाल्पाले तल्लो भागको खोला छेउमा रिटेनिङ वाल लगाएको थियो ।

सडककाे माथिल्लो भागमा सडक चौडा र टेवा पर्खाल उठाएको छ । अहिले दुवै वाल र पर्खाल ठिक भएपनि बीच  भागबाट सडक भासिएको छ ।

तानसेन बुटवल सडक खण्डमा पर्ने कालीमाटीमा पनि पानी पर्नासाथ लेदोसहितको पहिरो खस्दा सवारी संचालनमा समस्या हुने गरेको सूचना अधिकारी गौतमले बताए। यो राजमार्गमा समस्या आएपछि  पाल्पा बुटवलसंगै सुनौली-पाेखरा र गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता रहेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको